मोटरसाईकल दुर्घटनामा एक युवतीको मृत्यु, युवक घाइते

मोटरसाईकल दुर्घटनामा एक युवतीको मृत्यु, युवक घाइते

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । ताप्लेजुङमा मोटरसाईकल दुर्घटना हुँदा १ युवतीको मृत्यु भएको छ । मेची रार्जमार्ग अन्र्तगत फुङ्लिड नगरपालिका २ मालपोत कार्यालय अगाडि ना २१ प ५६२८ नम्बरको मोटरसाईकल दुर्घटनामा परी इलाम घर भई सिँचाई कार्यालय ताप्लेजुङमा कार्यरत २३ वर्षीया सृजना गुरुङको मृत्यु भएको हो ।

दुर्घटनामा परी चालक पाथीभरा याङ्वरक गाउँपालिका १ नाङ्खोल्याङका २६ वर्षीया अमिर बर्देवास घाईते भएका छन् । उनको ताप्लेजुङमा उपचार हुन नसकेपछि थप उपचारको लागि झापा पठाईएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख डिएसपी सञ्जय सिंह थापाले जानकारी दिए ।

तिब्र गतिमा रहेको मोटरसाईकल अनियन्त्रित भई सडकबाट १० फिट तल खसेको थियो । दुर्घटनामा परी घाइते अमिर नृत्य निर्देशक हुन् ।

Logo