ट्रक रुखसँग ठोक्किदा २ जनाको मृत्यु

ट्रक रुखसँग ठोक्किदा २ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

राजविराज । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिमा ट्रक दुर्घटनामा दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरूमा ट्रकमा सवार बारा निजगढ नगरपालिका-८ का २५ वर्षीय भरत तामाङ र उदयपुरका २१ वर्षीय अशोक लामा रहेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिए ।

उनीहरुको घट्नास्थलमै मृत्यु भएको र ट्रक चालक बारा जिल्ला निजगढ नगरपालिका( ८ का २१ वर्षीय सौरभ लामा घाइते भएकाले उनको ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको छ ।

आईतबार बिहान पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख १६५१ नं. को मैदा पिठो बोकेको ट्रक अनियन्त्रित भइ रुखमा ठोकिएको थियो । रासस

Logo