रसुवाबाट अबैध सुनसहित एकजना पक्राउ

रसुवाबाट अबैध सुनसहित एकजना पक्राउ

केन्द्रबिन्दु
0
Shares

रसुवा

पासाङ ल्हामु राजमार्गको खोपाङबाट शुक्रबार एक जना सुनसहित पक्राउ परेका छन् । गोसाइँकुण्ड गाउँपालिका–१ थुमनका २९ वर्षीय दावा छिरिङ तामाङ  ४६२ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले काठमाडौँतर्फ जाँदै गरेको बसमा जाँच गर्दा तामाङको पाइन्टको खल्तीमा सुन भेटिएको प्रहरी निरीक्षक रञ्जन अवालेले जानकारी दिनुभयो ।

उक्त सुनको बजार मूल्य २४ लाख ५९ हजार रहेको छ । रसुवागढी नाका भएर ०७२ मङ्सिर १५ गतेदेखि हालसम्म प्रहरीले ४१ किलोभन्दा बढी सुन बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
रासस

Logo