साथीको नक्कली आईडी बनाएर केटालाई अश्लिल म्यासेज गर्ने युवती पक्राउ

साथीको नक्कली आईडी बनाएर केटालाई अश्लिल म्यासेज गर्ने युवती पक्राउ

केन्द्रबिन्दु
0
Shares

डोटी । साथीको फेक आईडी बनाएर केटालाई अश्लिल म्यासेज पठाएको आरोपमा एक किशोरी पक्राउ परेकी छन् । नक्कली फेसबुक आईडी बनाइ पुरुषहरुसँग अश्लिल कुरा गर्ने ति किशोरीलाई पक्राउ गरि थप अनुसन्धानको लागि अपराध महाशाखा काठमाडौं पठाउने तयारी भईरहेको प्रहरीले जनाएको छ ।

आफ्नै कक्षामा अध्ययनरत साथीको फोटो राखेर खोलिएको आईडीबाट आफूलाई यौन इच्छा लागेको भन्दै अश्लील सन्देश पठाउने गरेकी थिईन् ।

आफ्नो फोटो प्रयोग गरेर नक्कली आइडी बनाइ अश्लिल संदेश पठाएको भन्दै पीडित छात्राले नेपाल प्रहरीको अपराध महाशाखा काठमाडौंमा मुद्धा दायर गरेकी थिइन् । पीडित किशोरीको निबेदनका आधारमा आरोपित किशोरीलाई पक्राउ गरिएको डोटी प्रहरीले जनाएको छ ।

प्रहरीले आरोपी र पीडितको नाम गोप्य राखेको छ । एउटै कक्षाकोठामा पढ्ने ती दुई छात्राहरुबीच केही दिनअघि झगडा भएको थियो । सोही रिसमा ती छात्राले साथीको बद्नाम गर्नका लागि यस्तो गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

Logo