विवाहको निम्तो कार्डमै बालविवाहविरुद्ध सचेतना सन्देश

विवाहको निम्तो कार्डमै बालविवाहविरुद्ध सचेतना सन्देश

केन्द्रबिन्दु
0
Shares

हेटौंडा
मुलुकमा सरकारी तवरबाट नागरिकलाई सूचित र सचेत गराउने कार्य हुन नसकेको बेला नागरिक तहबाट भने रचनात्मक हुन थालेको छ ।

यसैक्रममा हेटौंडा–४ कर्राका रमेशलाल श्रेष्ठ र माया श्रेष्ठले छोरी सलिनाको विवाहका लागि छपाएको निम्तो कार्डमा बालविवाह नगर्न आह्वान गर्नुभएको छ ।

निम्तालुको नाम लेख्ने भागको तल ‘बिहेवारि २० वर्षपारि, बालविवाह दण्डनीय अपराध भएको र बालविवाह नगर्न’ आह्वान गरिएको हो । स्नातकोत्तर पूरा गरी बैंकको जागिरे छोरीको विवाह गर्ने उपयुक्त समय भएको ठहर गर्दै श्रेष्ठ दम्पतिले छोरीको विवाहसँगै साथीभाइ र आफन्तलाई बालविवाहविरुद्ध सचेत रहन र बालविवाह हुन नदिन आह्वान गर्नुभएको छ ।

‘हाम्रो परिवार, आफन्त र साथीभाइलाई शुभविवाहमा निम्ता गरिरहँदा पछिल्लो कानुनी व्यबस्थाबारे सचेत गराउने र बालविवाह नगरौं भन्ने आह्वान गरेर सामाजिक दायित्व पूरा गर्ने प्रयासमा छौं,’ श्रेष्ठ दम्पत्तिले भन्नुभयो ।

कानुनमा कडा व्यबस्था भए पनि ०७५ भदौ यता उल्लेख्य संख्यामा बालविवाहका घटना भएका छन् । बालविवाह हुन लाग्दा रोक्ने केही प्रयत्न सफल पनि भएका छन् । कानुनले दण्डनीय भनिएको कार्य भइरहेको छ ।

Logo