प्रहरीलाई महत्वपूर्ण सफलता, साढे १ घण्टामै २ बलात्कारी पक्राउ

प्रहरीलाई महत्वपूर्ण सफलता, साढे १ घण्टामै २ बलात्कारी पक्राउ

केन्द्रबिन्दु
0
Shares

चितवन । चितवन प्रहरी बलात्कारीलाई साढे १ घण्टामै नियन्त्रणमा लिन सफल भएको छ । पूर्वी चितवनको पर्यटकीय नगरी सौराहामा १३ वर्षीय बालिकालाई बलात्कार गर्ने दुईलाई साढे १ घण्टामै प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो ।

बालिका बलात्कार गर्ने बारा घर भै चितवनमा लेबर काम गर्दै आएका अजय कुमार र गंगा चौधरीलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुले बालिकालाई ललाइफकाइ बलात्कार गरेको ईलाका प्रहरी कार्यालय रत्ननगरका टाडीका प्रमखु प्रहरी नायब उपरीक्षक (डिएसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

मदिरा सेवन गरेर उनीहरुले ति बालिकामाथि बलात्कार गरेका थिए । उनीहरुले बालिकालाई पालैपालो विभत्स रुपमा बलात्कार गरे भागेका थिए ।

बलात्कारको सूचना पाएपछि डिएसपी निधिले तत्काल बछौली प्रहरी चौकीका प्रहरी नायब निरीक्षक विश्व सुवेदी र इलाका प्रहरी कार्यालय टाँडीका नायब निरीक्षक प्रकाश सिंखडाको टोली परिचालन गरेर शुक्रबार राति नै उनीहरुलाई नियन्त्रणमा लिन सफल भएको हो ।

पीडितबाट घटनाभएको खबर पाएपछि तत्कालै विशेष टोली बनाएर अभियुक्तलाइ पक्राउ गर्न सफल भएका भएको डिएसपी ज्ञवालीको भनाई छ । घटना अपरान्ह चार बजे भएको थियो ।

पीडितकी आमाले प्रहरीलाई जानकारी गराएको साढे एक घण्टाभित्र बलात्कारमा संलग्नहरुलाई पक्राउ गरिएका हुन् । एउटैघरमा भाडामा बस्दै आएका ती व्यक्तिहरुले यसरी बिभत्स तरिकाले छोरीलाई बलात्कार गरेको पीडितकी आमाले बताएकी छन् ।

तस्बिर सौजन्यः चितवन प्रहरी

Logo