प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु, तीन घाइते

प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु, तीन घाइते

केन्द्रबिन्दु
0
Shares

प्यूठान । प्यूठानमा चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । शुक्रवार राती परेको चट्याङ लागेर नौबहिनी गाउँपालीका १ स्वाउलिवाङ्ग खारखोलाका नेपाली सेनामा कार्यरत २३ वर्षीय मनोज गुरुङ र २७ वर्षीया नौमती घर्तीको मृत्यु भएको हो । चट्याङ लागेर तीन जना घाईते भएका प्रहरीले जनाएको छ ।

घाईते हुनेहरुमा सोही ठाउँका वर्ष ७ कि तेजी पुन, वर्ष ६० का बोमबहादुर घर्ती र ६२ वर्षीय रुद्र पुन रहेको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल बुढाथोकीले जानकारी दिए। चट्याङले नौबहिनी–६ मा १ भैंसी र बाख्रा मरेका छन् ।

Logo