पशुपतिका सम्पदा पुनर्निर्माणमा कोषको मनपरी, महानगरले सचेत गरायो

पशुपतिका सम्पदा पुनर्निर्माणमा कोषको मनपरी, महानगरले सचेत गरायो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले पुरातत्व विभागको अनुमति लिएर मात्रै पशुपति क्षेत्र भित्र रहेको सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन पशुपति क्षेत्र विकास कोषलाई सचेत गराएको छ ।

काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले पशुपति क्षेत्र भित्र रहेको विश्वरुपा मन्दिरको संरक्षणमा अझै चासो नदिएको भन्दै पशुपति क्षेत्र विकास कोषको काम कार्वाहीप्रति असन्तुष्टि जनाईन् । उनले पशुपतिनाथको मृगस्थलीमा रहेको विश्वरुपा मन्दिर वरपरको संरचना पूरानै सामग्री प्रयोग गरेर मात्रै बनाउन सचेत गराएकी हुन् ।

बिहीबार विहान सो क्षेत्रको अवलोकन गरेपछि संचारकर्मीमाझ सिमेन्ट र रड राखेर जथाभावी खाल्डो खनि त्यहाँको संरचना निर्माण गर्न लागेकोमा आपत्ति जनाउँदै पूरानै सामग्री प्रयोग गरेर सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउन कोषको गम्भिर ध्यानाकर्षण गराएकी हुन् ।

पशुपति क्षेत्र विकास कोषले पूरातत्व विभागसँग स्विकृति लिएर तथा स्थानीय सरकारसँग समन्वय गरेर सम्पदाहरुको पुनर्निर्माणको काम अघि नबढाएकोमा उपमेयर खड्गीको आपत्ति छ ।

सम्पदा प्रेमीहरुसहित सो क्षेत्रको स्थलगत अवलोकनमा पुगेकी उपमेयर खड्गीले भूकम्प गएको ४ वर्ष पुग्न लाग्दा पनि पशुपति क्षेत्र विकास कोषले विश्वरुपा मन्दिरको संरक्षण गर्न नसकेको, सम्पदाहरुको पुनर्निर्माण गर्दा त्यसको मौलिक तथा सांस्कृतिक पहिचानमा ध्यान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरिन् ।

Logo