धनगढीमा हेलिकोप्टर उड्दा भारत डरायो, भन्यो- ‘जासुसी गर्न खोजियो’

धनगढीमा हेलिकोप्टर उड्दा भारत डरायो, भन्यो- ‘जासुसी गर्न खोजियो’

केन्द्रबिन्दु
0
Shares

धनगढी । धनगढीको आकाशमा नेपाली हेलिकोप्टर उड्दा भारत तनावमा परेको छ । धनगढीमा जारी सूदुरपश्चिम महोत्सवमा दर्शकलाई हेलिकप्टरबाट धनगढी घुमाउने कार्य भईरहेको छ । उक्त कार्यप्रति भारत त्रसित बनेको हो ।

भारतले उक्त कार्यको निगरानी राखेको छ । नेपाली आकाशमा उडिरहेको हेलिकप्टरद्वारा जासुसी हुन सक्ने भन्दै भारतीय सुरक्षा निकाय हाई एलर्ट रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय हिन्दुस्तान पत्रिकाका अनुसार उक्त कार्र्यप्रति भारतले अन्तर्राष्ट्रिय कानुन र मर्यादाको प्रश्न उठाएको छ । भारतले सिमा क्षेत्रभन्दा ५ कि.मी. दुरीसम्मको आकाशमा वायुयान उडाउन नागरिक उड्डयनका महानिर्देशकबाट अनुमति लिनुपर्ने पत्रिका उल्लेख गरिएको छ ।

महोत्सवमा नीजी विमान उडान गर्न पनि नागरिक उड्डयन प्राधिकरणले सहमति नदिई सञ्चालनमा आउनै नसक्ने कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले बताए ।

कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्प कुँवरले नागरिक उड्डयन प्राधिकरणसँग अनुमति लिएर हेलिकोप्टर उडाईएको प्रतिक्रिया दिए । कुनै जासुसी तथा अन्य कामको लागि नभई विशुद्ध मनोरञ्जनको लागि हेलिकोप्टर अवलोकन गराईएको उनको भनाई छ ।

‘हामीले अनुमति लिएर महोत्सवमा प्रयोग गरिरहेका छौं । हामी कसैको जासुसी वा अन्य कुनै कामको लागि प्रयोग गर्दैनौं । कसैले हेलिकोप्टर देख्दैंमा त्रसिन्छ भने हामीले के भन्ने’ अध्यक्ष कुँवरले भने ।

धनगढीमा जारी महोत्सवमा अवलोकनकर्ताको आकर्षण बढाउन प्रयोग हेलिकप्टर प्रयोग गरीएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुवरले बताए । भारतीय एसएसवीको ३९ औँ बाहिनीका कमाण्डर मुन्ना सिंहले नेपाली हेलिकप्टरलाई निगरानीमा राख्न आफ्नो जिम्मेवारी रहेको प्रतिक्रिया दिएका छन् ।

नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र प्रसाद श्रेष्ठले प्राधिकरणको अनुमति लिएर नेपालको जुनसुकै भूभागमा उडान गर्न पाईने बताए । भारतीय आशंकालाई सामान्य लिँदै प्रवक्ता श्रेष्ठले सीमा क्षेत्रमा हेलिकोप्टर उडाउँदा उसको आशंका स्वभाविक भएको प्रतिक्रिया दिए ।

हेलिकोप्टर अवलोकनप्रति बढ्दो आकर्षणः
कैलाली उद्योग वाणिज्य संघले पहिलो पटक हेलिकोप्टर मार्फत धनगढी घुमाउने योजना पहिलो पटक ल्याएको हो । धनगढी बजार धुमाएको प्रतिव्यक्ति चार हजार रुपैयाँ पर्छ । त्यस्तै धनगढी देखि खप्तडसम्मको पनि अवलोकनको व्इवस्था गरिएको छ । त्यसको लागि प्रतिव्यक्ति ३० हजार रुपैयाँ पर्छ ।

Logo