१२ वर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत

१२ वर्षीया बालिका आफ्नै बावुबाट बलात्कृत

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । रुपन्देहीका एक १२ वर्षीया बालिका आफ्नै बाबुबाट बलात्कृत भएकी छन् । शितगंगा नगरपालिका–६ जकुनेकी ४२ वर्षीय पुरुषले आफ्नै १२ बर्षीया छोरीमाथि बलात्कार गरेका हुन् । घरमा आमा र हजुरबुवा नभएको बेला उनी आफ्नै बाबुबाट बलात्कृत भएकी थिईन् ।

बलात्कृत बालिकाले हजुरबालाई फोन मार्फत जानकारी गराएपछि प्रहरीमा उजुरी दिईएको थियो । उजुरीपछि प्रहरीले अभियुक्तलाई पक्राउ गरेको छ ।

बाबुले बलात्कार गरेको पीडित बालिकाले हजुरबुबालाई रुदै फोनमार्फत सुनाएपछि तत्पश्चात हजुरबुबाले बुधबार प्रहरीमा उजुरी दिएका थिए ।

बुधबार नै बलात्कार आरोपी बाबुलाई पक्राउ गरी अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए ।

घरमा कोही नभएको बेला एक्लै बसेकी छोरीलाई बाबुले बलात्कार गरेको र पछि पीडित बालिकाले फोन गरेर हजुरबुवालाई जानकारी गराएकी डिएसपी मल्लले जानकारी दिए । आमालाई खबर भएपछि जाहेरी दिएर बाबुलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

Logo