सिन्धुलीमा पजेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते

सिन्धुलीमा पजेरो दुर्घटना हुँदा ५ जनाको मृत्यु, ८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

सिन्धुली । सिन्धुलीमा जीप दुर्घटनामा परेर ५ जनाको मृत्यु भएको छ । फिकल गाउँपालिका २, चण्डी भञ्ज्याङमा जीप दुर्घटना हुँदा घटनास्थलमै ४ जना र १ जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेहरुको सनाखत हुन बाँकी रहेको सिन्धुली प्रहरी प्रमुख एसपी चक्र बहादुर सिंहले जानकारी दिए । दुर्घटनामा परेर ८ जना घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको एसपी सिंहको भनाई छ । बा१५ च ९४२२ नम्बरको पजेरो सडकबाट करिब दुई सय मिटर तल खसेको हो ।

गम्भीर घाइतेहरुको खुकोट अस्पताल उपचार भइरहेको छ । स्वास्थ्य सिविरमा आईरहेको पजेरो दुर्घटनामा एसपी सिंहको भनाई छ । १३ जना सवार पजेरो दुर्घटनाको कारण खुल्न सकेको छैन् ।

गएराति सिन्धुलीकै सुनकोशी गाउँपालिका-२ कमेरेफाँटमा जन्ती सवार बा ४ ख ९४३८ नम्बरको टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।

जन्ती बोकेको टिपर दुर्घटना: दुई जनाको मृत्यु, ४० जना घाइते

Logo