परपुरुषसँग विवाह गर्ने योजना बनाएपछि विष खुवाई ४ वर्षे छोराको हत्या

परपुरुषसँग विवाह गर्ने योजना बनाएपछि विष खुवाई ४ वर्षे छोराको हत्या

केन्द्रबिन्दु
0
Shares

सल्यान । एक महिलाले विष खुवाएर आफ्नै ४ वर्षे छोराको हत्या गरेकी छन् । परपुरुषसँग लागेपछि छत्रेश्वरी गाउँपालिका ४ सुगरपोखरीकी १९ वर्षीया युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई घरमै विष खुवाएर हत्या गरेकी हुन् ।

परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थिइन् । बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो ।

बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो ।

बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरेको र अनुसन्धान गर्दै जाँदा उनैले हत्या गरेको खुल्न आएको सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरविदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएका थिए ।

आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको उनले स्वीकार गरेकी छन् । उनले ती यूवकसँग बिहे गर्ने योजना बनाएकी थिईन् । श्रीमान र श्रीमती दुवैले अर्को विहे गरेपछि बच्चाले दुख पाउँछ भनेर हत्या गरेको बयान दिएको डीएसपी शाहीले बताए ।

Logo