कञ्चनपुरमा घट्यो अर्को घटना, विद्यालय प्रांगणमा महिलाको शव फेला

कञ्चनपुरमा घट्यो अर्को घटना, विद्यालय प्रांगणमा महिलाको शव फेला

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । कञ्चनपुरमा एक महिलाको बेवारिसे शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका– ९ सिसैयामा रहेको मंगल आधारभूत विद्यालयमा अन्दाजी ४५ वर्षीया महिलाको वेवारिसे शव फेला परेको हो ।

सार्वजनिक धारामा पानी भर्न गएका महिलाहरूले विद्यालयको बरण्डामा महिला मृत देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीय बासिन्दाका अनुसार सुस्त मनस्थितिकी ती महिला मागेर गुजारा चलाउँदैं आएकी थिईन् । चिसोले कठयाङग्रिएर उनको मृत्यु भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।

महिलाको पहिचान हुन सकेको छैन् । शव उल्टो घोप्टो परेको अवस्थामा देखिएको थियो । उनको आँखा र पेटमा सामान्य चोट देखिएको स्थानीयको भनाई छ । पछिल्लो समय कञ्चनपुर असुरक्षित बन्दै गएको छ ।

दिनप्रतिदिन जघन्य अपराधका घटना बढ्दै गएपछि स्थानीय त्रसित बनेका छन् । गत साउनमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्त प्रकरण अझै टुंगोमा लाग्न सकेको छैन् । उनको न्यायको माग गर्दै अझै आन्दोदन जारी छ ।

Logo