अविवाहित युवतीले अस्पतालको शौचालयमा छोरी जन्माईन

अविवाहित युवतीले अस्पतालको शौचालयमा छोरी जन्माईन

केन्द्रबिन्दु
0
Shares

इलाम । एक अविवाहित युवतीले बच्चा जन्माएकी छन् । इलाम अस्पतालमा सन्दकपुर गाउँपालिका ३ की अविवाहित युवती बालिका सुनुवारले छोरीलाई जन्म दिएकी हुन् ।

बिरामी भए भन्दै अस्पताल भर्ना भएकी उनले अस्पतालको शौचालय जाँदा त्यही बच्चालाई जन्म दिएकी हुन् । हालसम्म बच्चाको बुबा पत्ता नलागेकोले खोजी भइरहेको छ ।

नवजात शिशु छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । आमा र बच्चा दुवैलाई इलाम अस्पतालमा राखिएको छ । बच्चाको वुवाको खोजीकार्य जारी राखिएको प्रहरीले जनाएको छ ।

Logo