प्रेमीसँग मिलेर श्रीमानको हत्या, ९ महिनामा खुल्यो रहस्य

प्रेमीसँग मिलेर श्रीमानको हत्या, ९ महिनामा खुल्यो रहस्य

केन्द्रबिन्दु
0
Shares

इटहरी । सुनसरीमा एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको छ । सुनसरी खनारकी देवकी सरदारले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको रहस्य खुलेको हो । उनका श्रीमान श्याम सरदार गत वैशाख ३१ गते मृत भेटिएका थिए।

श्रीमानको हत्याका लागि देवकीले प्रेमी मोहम्मद ताहिर मियाँसँग मिलेर ५ लाखको सुपारी दिएकी थिइन् । श्यामलाई नमारे दुवै जनालाई छाड्छु भन्दै प्रेमीले धम्की दिएपछि हत्या गरिएको इलाका प्रहरी इटहरीले जनाएको छ ।

भारतका रञ्जित महतोले ताहिरसँग ५ लाख सुपारी लिएका थिए। महतोले ४० हजारको फर्निचरसहित डेढ लाख रुपैयाँ लगिसकेको अनुसन्धानबाट खुलेको छ। हत्या आरोपमा देवकी, ताहिरसहित दुहवी–९ का मोहमद जाविर हुसेनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। सुपारी लिने महतो फरार छन्।

छड व्यापार गर्ने श्यामलाई ग्राहक बनेर रञ्जितले सोनापुरस्थित बन्द अवस्थाको उद्योगमा बोलाएका थिए। श्याम मोटरसाइकल चढेर त्यहाँ पुगेका थिए। उनलाई त्यही मोटरसाइकल प्रयोग गरी ठक्कर दिएर र पछि टाउकोमा हुक लगाएर मारेको पाइएको प्रहरीले जनाएको छ।

उनको शव जेठ १ गते फेला पारिएको थियो। मोटरसाइकलसहित भेटिएको शवको प्रकृति दुर्घटनाभन्दा फरक भएकाले शंका लागेर अनुसन्धान गरिएको थियो ।

Logo