श्रीमतीको हत्या आरोपमा जेल चलान भएकै दिन आत्महत्या

श्रीमतीको हत्या आरोपमा जेल चलान भएकै दिन आत्महत्या

केन्द्रबिन्दु
0
Shares

चरिकोट । श्रीमती हत्या आरोपमा पुर्पक्षका लागि थुनामा रहेका एक युवकको कारागारमै आत्महत्या गरेका छन् । कालिञ्चोक गाउँपालिका–५ लापिलाङका २४ वर्षीय च्याङा शेर्पाले गएराति गएराति जिल्ला कारागार दोलखामै आत्महत्या गरेका हुन् ।

उनले कारागारभित्रै शौचालयको झ्यालमा झुण्डिएर आत्महत्या गरेको प्रहरी नायब उपरीक्षक वासुदेव पाठकले जानकारी दिए । श्रीमतीको हत्या गरेको अभियोगमा प्रहरीले शेर्पालाई गत पुस २० गते पक्राउ गरेको थियो ।

पक्राउपछि २४ दिन प्रहरी हिरासतमा राखी अनुसन्धानपछि शेर्पालाई मङ्गलबारमात्र अदालत पेश गरिएको थियो । अदालतको आदेशपछि शेर्पालाई पुर्पक्षका लागि मङ्गलबार कारागार चलान गरिएको प्रहरी नायब उपरीक्षक पाठकले बताए ।

मध्यराति शेर्पा शौचालय गएको र लामो समयसम्म नआएपछि खोजतलास गर्दा झ्यालमा झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । शेर्पाकी श्रीमती सर्किनीलाई गत पुस १६ गते आफ्नै कोठामा पासो लगाइ मृत अवस्थामा फेला पारिएको थियो । रासस

Logo