विराटनगरमा निवस्त्र र मुखबाट रगत बगेको अवस्थामा बालिकाको शव भेटियो

विराटनगरमा निवस्त्र र मुखबाट रगत बगेको अवस्थामा बालिकाको शव भेटियो

केन्द्रबिन्दु
0
Shares

मोरङ । मोरङको सिघिंयाखोलामा एक बालिकाको शव फेला परेको छ । विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा आइतबार दिउँसो स्थानीय ११ वर्षकी रुपमती दासको शव फेला परेको हो ।

उनको शव नग्न अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । खोलामा शव निवस्त्र र मुखबाट रगत बगेको अवस्थामा उनको शव भेटिएको छ । खोला नजिकै बस्तीकी ती बालिका शनिबार राति घरबाट हराएकी थिइन् ।

शनिबार साँझ अभिभावक टीभी हेर्न छिमेकमा गएका बेला रुपमती घरमै सुतिरहेकी थिइन् । टीभी हेरेर घर फर्किदा छोरी घरमा नदेखिदा साथीको घरमा गएको अनुमानमा परिवारका सदस्यले बेलुका खोजी नगरी सुतेका थिए ।

आइतबार विहान बुबा रामप्रसाद जिल्ला प्रहरी कार्यालयामा छोरी खोजी गरिदिन भन्दै पुगेका थिए । त्यसको केही बेरमा प्रहरीले पानीमा डुबेको अवस्थामा नग्न अवस्थामा शव भेटेको प्रहरीले जनाएको छ ।

अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीले घटनास्थलबाट मुचुल्का उठाउने काम भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

घटनाबारे अनुसन्धान भईरहेको भन्दै अहिले नै विस्कृति जानकारी आईनसकेको डिएसपी श्रेष्ठको भनाई छ । वडा प्रहरी कार्यालय हाटखोलाका प्रहरी ईन्चार्ज राजन पौडेलले खोला किनारमा शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी दिएको बताए ।

जिल्लाबाट आएको प्रहरी टोलीले अनुसन्धान गरिरहेको उनको भनाई छ । शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको हुनसक्ने स्थानीयको अनुमान छ । विगतका घटनाहरुबाट पाठ सिकेर प्रहरीले त्यो क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाएको छ । घटनालाई प्रहरीले एकदमै गम्भीर रुपमा लिएर अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठको भनाई छ ।

Skip This
Skip This
Logo