चैत्रभित्र काठमाडौं मगन्तेरहित जिल्ला हुने, अभियान सुरु

चैत्रभित्र काठमाडौं मगन्तेरहित जिल्ला हुने, अभियान सुरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । काठमाडौं जिल्लालाई मगन्तेरहित जिल्ला बनाईने भएको छ । चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई मगन्तेरहित जिल्ला बनाउने अभियान सुरु गरिएको हो ।

काठमाडौं महानगरपालिका, पशुपति विकास कोष, महानगरीय प्रहरी तथा विभिन्न संघसंस्थाको सहकार्यमा अबको तिन महिनाभित्रमा काठमाडौंमा रहेका सबै मगन्तेहरुलाई व्यवस्थित गरिनेछ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई सुरु गरिएको थियो । उक्त अभियान अब काठमाडौं उपत्यकाभर सञ्चालन गरिनेछ ।

यसको लागि पशुपति विकास कोषले विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थासँग सहकार्य गरेर अगाडि बढिरहेको छ । यो कार्यमा मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाहरु सहयोगको लागि तयार भएका छन् ।

Skip This
Skip This
Logo