छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा ४ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

दमौली

व्यास नगरपालिका–१३ बेलवासमा गएराति ट्याक्टरले किचेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गुल्मी साविक फोक्सिङ गाविस–५ का २२ वर्षीय सूर्य नेपाली रहेका छन् । कोइदिमबाट दमौलीतर्फ आउँदै गरेको ग १ त ४६७१ नंको ट्याक्टरबाट खस्दा सोही ट्याक्टरले किचेर नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर र त्यसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् भने नेपालीको शव दमौली अस्पतालमा राखिएको छ ।

त्यसैगरी मोबाइल चार्जमा राखेर भिडियो हेर्दा करेन्ट लागेर तनहुँमा गएराति एक युवतीको मृत्यु भएको छ । मृत्यु हुनेमा रिसिङ गाउँपालिका–१ सेटाङका २० वर्षीया मीरा थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

अबिरल वर्षासँगै चट्याङ पर्दा करेन्ट लागेर गम्भीर घाइते भएकी थापाको उपचारका क्रममा दमौली अस्पतालमा मृत्यु भएको प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

उता उदयपुरको कटारीबाट सोरुङछबीमातर्फ जाँदै गरेको ग १ ज ४८४६ नंको बोलेरो जिप शुक्रबार कटारी नगरपालिका–११ को बेतीनीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सात जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख ध्रुव श्रेष्ठका अनुसार जिप सडकबाट पचास मिटर तल खस्दा चालक तेजबहादुर थापाको घटनास्थलमै मृत्यु भएको हो । घाइतेलाई उपचारका लागि कटारी अस्पताल लगिएको छ ।

यता नेपालगञ्जमा शुक्रबार दिउँसो चट्याङ लागेर एक जनाको ज्यान गएको छ । भारी वर्षासँगै परेको चट्याङ लागेर नेपालगञ्ज उपमहानगरपालिका—२३ जङ्गली सिंहपुरवाका ३७ वर्र्षीय लाल मोहम्मद दर्जीको मृत्यु भएको हो ।

चट्याङ लागेर गम्भीर घाइते भएपछि उपचारका लागि नेपालगञ्ज शिक्षण अस्पताल पु¥याए लगत्तै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताउनुभयो ।
रासस

Skip This
Skip This
Logo