बसमा अश्लिल हर्कत गर्ने युवकको खोजीमा जुट्यो प्रहरी, जानकारी दिन आग्रह

बसमा अश्लिल हर्कत गर्ने युवकको खोजीमा जुट्यो प्रहरी, जानकारी दिन आग्रह

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सार्वजनिक सवारीभित्र हस्तमैथुन गर्दै युवतीको कपालमा विर्य स्खलन गर्ने पुरुषको प्रहरीले खोजी थालेको छ । केही समयदेखि काठमाडौं उपत्याका सार्वजनिक सवारीमा चढेर अश्लिल क्रियाकलाप गर्दै आएका पुरुषको महानगरीय अपराध महाशाखाले खोजी थालेको हो ।

सार्वजनिक सवारी साधनभित्र एक पुरुषले अश्लील क्रियाकलाप गरिरहेका भिडियोहरु सार्वजनिक भएपछि प्रहरीले उनको खोजीकार्य थालेको हो । उक्त अश्लिल कार्यबाट त्रसित महिलाहरुले प्रहरीमा उजुरी दिएका थिए ।

केही महिला अधिकारकर्मीले प्रहरीमा दिएको उजुरीको आधारमा ति पुरुषको खोजीकार्य सुरु गरिएको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए । ‘भिडियो हेर्‍यौँ। तर को हो ? गाडी कहाँको खुलेको छैन । हामी अनुसन्धान गरिरहेका छौँ। सार्वजनिक सवारीमा यस्तो गतिविधि गर्ने जो भए पनि कारबाहीको दायरामा आउँछ।‘ उनले भने ।

एसएसपी सिंहका अनुसार ति पुरुषको खोजीका लागि एउटा प्रहरी टोली नै खटिएको छ । उनले ति पुरुषबारे जानकारी भए प्रहरीलाई सहयोग गर्न आग्रह गरे ।

पोर्न साईटमा करिब तीन महिना अगाडि एउटा भिडियो अपलोड गरिएको छ । २ मिनेट २० सेकेन्डको भिडियोमा एक अनुहार नदेखिएका पुरुषले रोकिराखेको बसमा चढेर हस्तमैथुन गर्छन् ।

आफ्नो सिटभन्दा अगाडि बसेकी युवतीको कपालमा विर्यपात गराईदिन्छन् । त्यसपछि उनी त्यहाबाट बाहिर निस्किन्छन् । तर युवतीले आफ्नो कपालमा विर्यपातबारे जानकारी पाउँदिनन् ।

त्यस्तै अन्य भिडियोमा पनि यस्तै हर्कद देखिएका छन् । यतिबेला ति भिडियोहरु सामाजिक सञ्जालमा भाईरल बनेका छन् । धेरैले आक्रोश समेत व्यक्त गरेका छन् । महिलालाई दुर्व्यवहार गर्ने नियतले सार्वजनिक सवारी साधन चढ्नेहरूलाई कारबाहीको दायरामा ल्याउन प्रहरीले उपत्यकामा सेफ्टी पिन स्टिङ अपरेसन सञ्चालन गरिरहेको छ ।

सेफ्टी पीन नाम दिईएको अभियानका क्रममा सादा पोशाकमा प्रहरीहरु विभिन्न सार्वजनिक सवारीमा हुन्छन् । अश्लिल हर्कत गर्नेलाई नियन्त्रणमा लिन्छन् । र कारवाही अगाडि बढाउँछन् । तर ति भिडियोले महिलामाथि थप सुरक्षा चुनौती बढेको छ ।

मुलुकी अपराध संहिता अनुसार सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन तथा कसैलाई अश्लील गालीगलौज गर्न निषेध गरेको छ । १० वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सा सम्बन्धी उपचार प्रयोजनका लागि बाहेक सार्वजनिक स्थानमा अश्लिल कृयाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन तथा अश्लील इशारा गर्न पाईदैन् ।

यस्तो कसूर गर्ने व्यक्तिलाई छ महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था छ।

बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल, प्रहरी भन्छ– ‘कुनै उजुरी परेको छैन’

Logo