सोसल मिडिया ट्रोलः प्रहरीले समातेको बाघ निकुञ्ज पुर्‍याउँदा भयो विरालो !

सोसल मिडिया ट्रोलः प्रहरीले समातेको बाघ निकुञ्ज पुर्‍याउँदा भयो विरालो !

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा सामान्य विषय पनि एकाएक भाईरल भईदिन्छ । कोही सामाजिक सञ्जालकै माध्यमबाट चर्चामा आउने गरेका छन् । कोही आफुलाई चर्चित बनाउन पनि सामाजिक सञ्जालकै प्रयोग गर्ने गरेका छन् ।

सानो तथा सामान्य विषय पनि बेला बेला भाईरल हुने गरेको छ । यर्थात जानकारीको अभावमा त्यस्ता विषयले अर्कै मोड लिएर भाईरल हुने गरेका पनि कतिपय उदाहरण छन् । केही दिन अघि प्रहरीले नियन्त्रणमा लिएको सुन राजश्व अनुसन्धानलाई बुझाउँदा तामा भएको थियो ।

प्रहरीले धाधिङको गजुरीबाटमा ४ किलो सुनसहित ३ जना व्यक्तिलाई पक्राउ गरेको भन्दौ गत पुस १९ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । प्रहरीले बरामद गरेको सुन तत्कालै राजस्व अनुसन्धान विभागमा दाखिला गर्नुपर्छ ।

धाङिमा प्रहरीले बुझाएको सुन नभएर तामा र ढलौट मिसाईएको धातु भएको राजस्व अनुसन्धान विभागको दावी थियो । उक्त सुन बरामद गर्दा नै नक्कली थियो वा राजस्व अनुसन्धानसम्म पु¥याउदाँ साटियो त्यो अनुसन्धानको विषय बनेको छ ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई उस्तै पनि ट्रोल बनाउन विषय कहाँबाट पाउने भन्ने हुन्छ । सानो विषय पाईहाल्यो भने त्यो तुरुन्तै ट्रोल बनिहाल्छ ।

त्यस्तै बरामद गरिएको सुन अनुसन्धान विभागमा बुझाउँदा तामा भएको काण्डले सामाजिक सञ्जालमा निकै स्थान पाएको छ । यसै कुरालाई व्यंग गर्दै सामाजिक सञ्जाल प्रयोगकर्ताले अर्को ट्रोल बनाएका छन् । सामाजिक सञ्जालमा पछिल्लो समय चर्चामा छ, ‘प्रहरीले समातेको बाघ निकुञ्ज पुर्‍याउँदा भयो विरालो ।’

यसको यर्थात के हो ?
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ७ खाचिकोट किटेनीमा एउटा बाघको बच्चा फेला परेको थियो । किटेनीकी नमकला पौडेलको घरमा बुधवार साँझ बाघको बच्चा पसेको थियो । बाघको बच्चा घर भित्र पसेको बिहीबार मात्रै थाहा पाएका थिए ।

बाघको बच्चा घर भित्र पसेको थाहा पाएपछि स्थानिय, डिभिजन वन कार्यालय अर्घाखाँचीको पहलमा प्रहरीले उक्त बच्चालाई नियन्त्रणमा लिई डिभिजन वन कार्यालय अर्घाखाँचीमा बुझायो ।

सन्धिखर्क नगरपालिका नगरप्रमुख कमलप्रसाद भुसालले घरभित्र पसेको बाघको बच्चालाई नियन्त्रणमा लिएर वन कार्यालयमा राखिएको जानकारी दिए । वन कार्यालयमा खोर बनाएर उक्त बच्चालाई राखिएको उनको भनाई छ ।

कसरी बन्यो बाघको बच्चा बिरालो ?

यो तस्बिर अर्घाखाँची डट कमबाट लिईएको हो । घरभित्र पसेको बाघको बच्चा ।

घरभित्र पसेको बाघको बच्चाको तस्बिरहरु खिचेर सामाजिक सञ्जालमा अपलोड गरिएको थियो । अपलोड गरिएका केही तस्बिरमा विराले समातेजस्तो देखिएको छ । उक्त तस्बिरलाई विरालोको संज्ञा दिईएको हो ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उक्त तस्बिरलाई मात्र पोष्ट तथा शेयर गरेर ‘प्रहरीले समातेको बाघ निकुञ्ज पुर्‍याउँदा भयो विरालो’ क्याप्सन राखिएको हो । जुन कुरा यतिबेला सामाजिक सञ्जालमा निकै भाईरल बनेको छ ।

 

Logo