आजदेखि धनगढीबाटै श्रम स्वीकृत दिन सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

आजदेखि धनगढीबाटै श्रम स्वीकृत दिन सुरु, काठमाडौं धाउनुपर्ने बाध्यता हट्यो

केन्द्रबिन्दु
0
Shares

धनगढी । आजदेखि धनगढीबाट श्रम स्वीकृत दिन सुरु भएको छ । बैदेशिक रोजगारबाट विदामा घर फर्किएका सुदूरपश्चिम प्रदेशका युवाहरुलाई पुनः श्रम स्वीकृति आजदेखि दिईन सुरु भएको हो ।

श्रम तथा रोजगार कार्यालय धनगढीका निमित्त प्रमुख कृष्णानन्द जोशीले शुक्रबार बिहान एक कार्यक्रम आयोजना गरी उद्घाटन गरेका छन् । धनगढीबाटै पुनः श्रम स्वीकृति दिने व्यवस्था भएपछि सुदूरपश्चिमका युवाहरुलाई काठमाडौं धाउनुपर्ने बाध्यता हटेको छ ।

विभागले एक जना भाषा अनुवादक पठाएको र एक जना कम्प्युटर अपरेटर कार्यालयले नियुक्त गरेको छ । सामाजिक विकास मन्त्रालय मातहतको श्रम तथा रोजगार कार्यायमा रहेको रोजगार सूचना केन्द्रको कक्षबाट पुनः श्रम स्वीकृति दिने व्यवस्था मिलाईएको श्रम कार्यालयका सूचना अधिकारी जयदेव विष्टले जानकारी दिए ।

हाललाई कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गरिनेछ । यस्तै वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्थाहरु र तालिम एवंम अभिमुखीकरण संस्थाहरुको अनुगमन गर्ने, सरोकारवालाहरु बीच वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण गर्ने एवं गुनासो सुनुवाई गरी सेवा प्रवाहलाई सहजीकरण गर्ने जस्ता काम कार्यालयबाट हुनेछ ।

Logo