बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल, प्रहरी भन्छ– ‘कुनै उजुरी परेको छैन’

बसमा आपत्तिजनक हर्कत गरेको भिडियो भाइरल, प्रहरी भन्छ– ‘कुनै उजुरी परेको छैन’

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । यतिबेला सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाईरल बनेको छ । सार्वजनिक यातायातमा महिला तथा बालिकामाथि हुने यौन हिंसा कम गर्न भन्दै प्रहरीले विभिन्न अभियान सञ्जालन गरेपनि उक्त भिडियोबारे प्रहरी मौन छ ।

काठमाडौंमा सञ्चालित सार्वजनिक सवारीमा एक युवती सिटमा बसेर यात्रा गरिरहेकी हुन्छिन् । ति युवतीको पछाडिको सिटमा एक जना युवक बस्छन् । ति पुरुषले हस्तमैथुन गर्छन् । हस्तमैथुन गर्दै युवकले अगाडि बसेकी युवतीको कपालमा बिर्य स्खलन गरिदिन्छन् । र सवारीबाट बाहिर निस्किन्छन् । तर ति युवतीले आफुमाथि गरिएको उक्त हमलाबारे जानकारी पाउदिनन् ।

यो भिडियो अहिले सामाजिक संजालहरुमा निकै भाईरल बनेको छ । उक्त सवारीमा यात्रु कति थिए भन्ने पनि एकिन भएको देखिदैन् । उक्त कार्य गरेको भिडियो ति युवकले नै खिचेका हुन् कि जस्तो पनि देखिन्छन । यो कुन ठाउँमा भएको भन्ने ठम्याउन सकिने अवस्था छैन् ।

ति पीडित युवतीले अहिलेसम्म प्रहरीमा उजुरी दिएकी छैनन् । काठमाडौं प्रहरी प्रमुख एसएसपी बसन्त लामाले अहिलेसम्म कुनै उजुरी नआएको बताउँछन् । काठमाडौंका कुनै पनि प्रहरी कार्यालयमा उक्त घटनाबारे उजुरी नआएको र आएको खण्डमा अनुसन्धान गरिने उनको भनाई छ ।

उजुरी आएको खण्डमा प्रहरीले अनुसन्धान गर्ने बताउँदैं एसएपी लामा भन्छन्, ‘बिना उजुरी कसरी हामीले अपराधी पत्ता लगाउने ? पहिलो कुरा त भिडियोमा देखिएको कुरा के हो ? त्यसको लागि पीडित भनिएकी युवतीले प्रहरीमा उजुरी दिनुपर्‍यो । उजुरीको आधारमा मात्र हामी अगाडि बढ्न सक्छौं ।’

सार्वजनिक सवारीमा महिलामाथि हुने यौन दुव्र्यवहारका घटना राक्ने प्रहरीले विभिन्न अभियानहरु सञ्चालन गरेको छ । अहिले काठमाडौं उपत्यकाका सार्वजनिक सवारी साधनमा महिलामाथि हुने यौन हिंसा नियन्त्रण गर्न प्रहरीले ‘सेफ्टी पीन’ अभियान नै सञ्चालन गरिरहेको छ ।

महानगरीय प्रहरीले सञ्चालन गरेको ‘सेफ्टी पीन’ अभियान अन्तर्गत सादा पोशाकका प्रहरी विभिन्न सार्वजनिक सवारीमा खटाईएका छन् । उनीहरुले दुव्र्यवहारविरुद्ध अवलोकन गर्दै महिला सुुरक्षा प्रदान गरिरहेका छन् ।

अति गोप्य र आकास्मिक रुपमा सञ्चालन हुने यस्तो अभियानले सवारी साधनमा महिलामाथि हुने सबै किसिमका हिंसा नियन्त्रण गर्न केही हदसम्म टेवा मिलेको देखिन्छ । तर यस्ता घटनाले महिलाहरु थप सशंकित भएका छन् ।

उक्त भिडियो भाईरल बनेपछि महिलाहरुले चर्को विरोध जनाएका छन् । उनीहरुले दोषी पत्ता लगाएर कडा भन्दा कडा कारवाही गर्न माग गरेका छन् ।

(फोटो प्रकाशन गर्न असमर्थ छौं : सम्पादक)

Logo