ब्राह्मणहरु किन खादैनन् प्याज र लसुन ?

ब्राह्मणहरु किन खादैनन् प्याज र लसुन ?

केन्द्रबिन्दु
0
Shares

ब्राह्मण, पण्डित तथा साधु सन्तहरुले लसुन तथा प्याज नखाएको कुरा त थाहा नै होला । यसका साथसाथै घरमा जब पूजापाठको आयोजना गरिन्छ, त्यो दिन पनि प्याज र लसुन बिना नै भिन्न पकवानहरु पकाईन्छ । हामीहरु सम्पूर्णलाई थाहा छ प्रत्येक नियमको पछाडि केहि न केहि रहस्या अवस्य हुन्छ । आज हामी त्यसकै बारेमा बताउने छौ ।

सबैभन्दा पहिला हामी कुरा गरौं आध्यात्मिक कारणको । पुराणमा यस्तो लेखिएको छ कि, समुन्द्र मन्थनको समयमा समुन्द्र मन्थनबाट अमृतको कलश निकालेपछि देवताहरुलाई अमृत प्रदान गर्नको लागि भगवान बिष्णु देवताहरुलाई अमृत बाँडिरहेका थिए ।

त्यहि समयमा राहु र केतु नाम गरेका दुई राक्षस अमर हुनको लागि देवताहरुको बिमा आएर बसे । भगवान बिष्णुले वास्तै नगरी राहु र केतुलाई पनि अमृत दिए ।

यसै बेला भगवान बिष्णुलाई आफुले राक्षसलाई पनि अमृत दिएको भान भयो, तब उनले राक्षसहरुले गरेको गल्तीका कारण आफ्नो सुदर्शन चक्र निकालेर उनीहरुको शिर शरिरबाट अलग गरिदिए । तर त्यो बेलासम्म उनीहरुले अमृत पान गरिसकेका थिए ।

यस कारण उनीहरुको शिर अमर रहे नि शरिर नष्ट भएर गयो । भगवान बिष्णुले जब यि दुई राक्षसलाई प्रहार गरेका थिए तब उनीहरुको शरिरबाट निस्किएको रगत धर्तीमा झरेको थियो ।

तिनै राक्षसहरुको रगत धर्तीमा झरेपछि त्यहि रगतबाट लसुन र प्याज उब्जिएको हो भन्ने मानियो । यहि करणले गर्दा अहिले पनि ब्राह्मणहरु राक्षसहरुको रगतबाट उत्पत्ति भएकोले गर्दा नै लसुन र प्याजबाट गन्ध आउने गरेको बताउँछन् । यहि कारणले पनि ब्राह्मणहरु लसुन र प्याज खादैंनन् ।

अब हामी कुरा गरौं वैज्ञानिक कारणको । आयुर्वेदमा खाद्य पदार्थलाई तीन श्रेणीमा बाँडिएको छ । सात्विक, राजसिक र तामसिक ।

सात्विकको अर्थ हुन्छः शान्ति, संयम, पवित्रता र मौनता जस्ता गुणहरु ।
राजसिकः शाहस र खुसी जस्ता गुणहरु
तामसिकः क्रोध, शाहस, अहंकार र बिनाश जस्ता गुणहरु

प्याज र लसुन तामसिकको श्रेणीमा आउने गर्छ । यस्तो पनि भन्ने गरिएको छ कि, यसलाई धेरै खानु हुँदैन । किनभने व्यक्तिहरुको व्यवहार बदलिने गर्छ ।

यसले मानिस केहि मात्रामा हिंस्रक हुने गर्छ । संयम गुमाउँछ, क्रोध नियन्त्रणमा राख्न सक्दैन र शरिर जहिल्यै अक्रोशित भईराख्छ । यसै कारणले गर्दा नै ब्रह्मणहरु लसुन प्याज खानबाट टाढा रहने गर्छन् ।

Logo