दक्षका तेत्तीसकोटी कन्यासँग तेत्तीसकोटी देवताहरुको विवाह प्रसँग (भिडियोमा)

दक्षका तेत्तीसकोटी कन्यासँग तेत्तीसकोटी देवताहरुको विवाह प्रसँग (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

श्रीस्वस्थानी ब्रत कथा सोमबारदेखि सुरु भएको छ । यो पुष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमा सम्म १ महिना चल्दछ । यो ब्रतमा भगवान शिवको पूजा आराधना गरिन्छ ।

सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउन श्रीस्वस्थानी ब्रत बसेको र चिताएको पुरा भएको विश्वासमा श्रीस्वस्थानी ब्रतकथा र माघ स्नानको प्रचलन रहेको विश्वास गरिन्छ । विशेष गरि महिलाहरू मात्र ब्रतालु हुने यो ब्रत बस्नाले ब्रताकथामा बर्णन गरिएजस्तै सुख, शान्ति, समृद्धि मिल्नुका साथै रोगब्याध पनि नष्ट हुने विश्वास गरिन्छ ।

एक महिनासम्म चल्ने श्रीस्वस्थानी ब्रत कथामा प्रत्येक दिन एक एक अध्याय बाचन गर्ने गरिन्छ । स्वस्थानीको प्रत्येक अध्यायको कथा सकिएपछि इति श्रीस्कन्दपुराणे केदारखण्डे माघमाहात्म्ये श्रीस्वस्थानीव्रतकथायां‘भन्दै स्वस्थानीको आधारग्रन्थ स्कन्दपुराण भएको बताइएको छ ।

३१ अध्यायमा विभक्त स्वस्थानी व्रत कथाका केही कथा स्कन्दपुराणबाट लिइएको भए पनि सबै होइनन् । पद्मपुराणमा शिवपार्वती संवादको रूपमा १५३ श्लोक मात्र स्वस्थानी व्रतमाहात्म्य बताइएको छ ।

स्वस्थानीको कथामा आउने प्रसङ्गहरू स्वस्थानी देवीको स्वरूप, व्रतविधिलगायत शिवशर्मा, गोमा, नवराजआदि प्रसङ्ग सामान्य रूपमा बताइएको छ । यसबाहेक श्रीमद्भागवत, विष्णु बाराहलगायतका पुराणलाई पनि स्वस्थानी कथाको आधार बनाइएको छ ।

स्वस्थानीको तेश्रो अध्यायमा अष्टप्रजापति मध्यका प्रतापी राजा दक्षप्रजापतिको घरमा सती देवीको जन्मदेखि दक्षप्रजापतिका ३३ कोटी कन्याहरुको तेत्तीसकोटी देवताहरुसँग विवाह गर्नको लागि नरदमुनिले गरेको प्रस्तावलाई चित्रण गरिएको छ ।

महादेवले आफुलाई कन्या खोज्दै दक्षको घरमा पुगेको र दक्षप्रजापतिले महादेवलाई तिरस्कार गरेको कुराको पनि वर्णन गरिएको छ । दक्षले सतिदेवि आफुलाई नदिएको कुरा बिष्णुसँग सुनाएको प्रसँग पनि वर्णन गरिएको छ ।

बिष्णुले महादेवलाई सान्त्वना दिँदै महादेवको हातमा पारिदिने प्रसँग पनि वर्णन गरिएको छ । दक्षले बिष्णुसँग वाचामा हारेपछि सतीदेवीलाई बिष्णुको जिम्मा लगाउने निर्णय गरेको पनि वर्णन गरिएको छ । उक्त कुरा महादेवलाई बिष्णुले सुनाएपछि महादेव खुसी भएर कैलाश पर्वत गएको कुरा पनि यस अध्यायमा ब्याख्या गरिएको छ ।

Logo