विप्लव माओवादीले सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले रातारात हटायो

विप्लव माओवादीले सिमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले रातारात हटायो

केन्द्रबिन्दु
0
Shares

चितवन । नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थी संगठनले नेपाल भारत सीमा क्षेत्रमा लगाएको काँडेतार प्रहरीले हटाएको छ । अखिल (क्रान्तिकारी) ले मंगलबार चितवनको माडी नगरपालिका ५ मा रहेको सोमेश्वरगढी नेपाल भारत सिमानामा काँडेतार लगाएको थियो । काँडेतार लगाएकै राति प्रहरीले हटाएको हो ।

मर्चरीकुटीमा रहेको नाचनचरीको पिलर नम्बर ४५ नजिक भारतद्वारा मिचिएको नेपाली भूभागमा अखिल (क्रान्तिकारी) ले काँडेतार लगाएको थियो ।

अखिल क्रान्तिकारीको केन्द्रीय समितिको आयोजनामा गरिएको उक्त काँडेतारको बार झन्डै ३० मिटर लामो रहेको थियो । प्रहरीले मंगलवार राति नै उक्त काँडेतार हटाएको हो

भारतले चितवनको माडीलगायत देशका ७१ स्थानमा ७८ हजार हेक्टरभन्दा बढी जमिन मिचिरहेको भन्दै अखिल (क्रान्तिकारीले) सिमा बचाउँ अभियान सुरु गरेको थियो । उक्त अभियान अन्र्तगत देशभर मिचिएका सिमा क्षेत्रमा काँडेतार लगाईनेछ ।

त्यसको सुरुवात चितवनबाट गरिएको थियो । अखिल (क्रान्तिकारी) ले भारत र चीनसँग सिमा जोडिएमा क्षेत्रमा मिचिएका सिमा फिर्ता गरेर काँडेतार लगाउने योजना बनाएको छ ।

काँडेतार लगाएको खबर विभिन्न सञ्चारमाध्यमहरुमा सार्वजनिक भएलगत्तै प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको भन्दै तत्कालै काँडेतार हटाउन आदेश दिएपछि ईलाका प्रहरी कार्यालय माडीका प्रहरी नायब निरीक्षक उमेश कोइरालाको नेतृत्वमा घट्नास्थल पुगेका प्रहरी टोलीले काँडेतार हटाइएको हो ।

विप्लव पार्टीको सिमा बचाउँ अभियान सुरु, भारतले मिचेको सिमामा लगाईयो काँडेतार

Logo