अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी कुट्ने दुई प्रहरी निलम्बित

अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी कुट्ने दुई प्रहरी निलम्बित

केन्द्रबिन्दु
0
Shares

पोखरा । सोमबहादुर बस्नेतमाथि कुटपिट गर्ने दुई प्रहरी जवान निलम्बनमा परेका छन् । सामान्य भनाभन मै बालगुङ गलकोट नगरपालिका ६ हरिचौरका बस्नेतलाई गम्भीर घाइते हुने गरी कुटपिटमा संलग्न ईलाका प्रहरी कार्यालय हरिचौरमा कार्यरत प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापालाई निलम्बन गरिएको हो ।

बस्नेतलाई अनुचित बल प्रयोग गरी कुटपिट गरेको पाइएपछि प्रहरी नियमावली अनुसार हाललाई निलम्बन गरिएको बागलुङ प्रहरी कार्यालयका प्रमुख एसपी बिनोद रेग्मीले जानकारी दिए ।

कुटाइबाट गम्भीर घाइते भएका बस्नेतको पोखरास्थित फेवासिटी हस्टिपटलमा उपचार भईरहेको छ । उनको मेजर सर्जरी (अप्रेसन) गरिएको छ ।

प्रहरीले लात्ति र लाठीले हिर्काउँदा बस्नेतको पेटमा ठूलो चोट परेकोले पेट भित्रको अंग च्यातिएको थियो । फियो निकालेर पेटमा जम्मा भएको झण्डैं दुई लिटर रगत सफा गरेको डाक्टरहरुको भनाई छ ।

गएको पुस २९ गते हरिचौरमा भएको घटनापछि घाइते भएका बस्नेतलाई उपचारका लागि ३० गते पोखरा ल्याइएको थियो । बस्नेतको मेजर अप्रेसन भएकाले पेटमा ५० भन्दा बढि टाँका लगाइएको छ ।

उनीहरुले मदिरा सेवन गरेर अंग्रेजी बोलेको भन्दै मरासन्न हुनेगरी कुटपिट गरेका थिए ।

Logo