संसारको सबैभन्दा महंगो सब्जी, एक किलोको १ लाख ३० हजार

संसारको सबैभन्दा महंगो सब्जी, एक किलोको १ लाख ३० हजार

केन्द्रबिन्दु
0
Shares

संसारमा धेरै किसिमको तरकारी पाइन्छ । ठाउँ अनुसार, मौसम अनुसार विभिन्न किसिमको तरकारीहरु फल्छ । मानिसहरु आफुलाई मनपर्ने तरकारीहरु खान्छन् । पोषक तत्वले भरपुर तरकारीको बढ्दो भाउले गर्दा मानिसहरु धेरैजसो चिन्तित रहन्छन् ।

संसारमा यस्तो पनि तरकारी छ जसको मुल्य लाखौै रुपैयाँ पर्छ । होप सूट्स नामको तरकारी संसारको सबैभन्दा महंगो तरकारी हो । यसको मुल्य १ हजार युरो अर्थात झन्डै १ लाख ३० हजार नेपाली रुपैयाँ प्रति केजी पर्छ ।

यति महंगो भए पनि संसारभरी यसको माग दिन प्रतिदिन बढ्दो छ । खासमा यसको तरकारी खाने हो । अचार बनाएर पनि खान सकिन्छ । यसको फूल पनि हुन्छ जसको स्वाद एकदमै राम्रो हुन्छ ।

यो तरकारीको सबैभन्दा बढी माग बेलायतमा हुन्छ । ब्रिटेन, जर्मन समेत धेरै युरोपियन देशहरुमा यसको खेती गरिन्छ । यसलाई जंगलमा बसन्त क्रृतुको समयमा लगाइन्छ । तर बाह्रै माहिना उमार्न सकिन्छ । जाडो मौसममा यसको बोट मर्छ ।

यसको लागि थोरै घाम र ओसिलो ठाउँ उपयुक्त हुन्छ । यसको अचम्मको कुरा भनेको एक दिनमा ६ इन्च सम्म बढ्छ । यो एकदमै चाँडो बढ्छ । यसको रंग बैजनी हुन्छ । बढ्दै गएपछि हरियो रंगको हुन्छ । तव यो तरकारी खानको लागि योग्य हुन्छ ।

यसलाई काट्ने बेलामा विशेष सावधानी अपनाउनु जरुरी हुन्छ । यो छिटो बढ्ने भएकोले समयमै काटिएन भने यसको लहरा मोटो हुन्छ र त्यसलाई खान मिल्दैन् ।

Logo