बलात्कार आरोपपछि फरार वडाध्यक्षले अदालतमा गरे आत्मसमर्पण

बलात्कार आरोपपछि फरार वडाध्यक्षले अदालतमा गरे आत्मसमर्पण

केन्द्रबिन्दु
0
Shares

तनहुँ । बलात्कारको आरोपपछि फरार रहेका शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्षले अदालतमा आत्मसमर्पण गरेका छन् । वडाअध्यक्ष कृष्णप्रसाद रेग्मीले त्यही वडाकी एक महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो ।

ति महिलाले आफूलाई बलात्कार गरेको भन्दै इलाका प्रहरी कार्यालय बेलचौतारामा गत म‌ंसिर पहिलो साता जाहेरी दर्ता गराएकी थिईन् । जाहेरी दर्तापछि वडाअध्यक्ष रेग्मी फरार थिए ।

ती महिलाले सोमबार शुक्लागण्डकी नगरपालिकाको न्यायिक समितिमा पनि रेग्मीविरुद्ध निवेदन दर्ता गराएकी थिइन् । न्यायिक समितिले बलात्कारको मुद्दा आफूले नहेर्ने भन्दै प्रहरीमा पठाएको थियो ।

वडाध्यक्ष रेग्मीले आफूलाई फसाउन खोजिएको दाबीसहित आरोप अस्वीकार गर्दै आएका थिए । आत्मसमर्पण गरेपछि उनीविरुद्ध महिलाको जाहेरीका आधारमा अदालतमा म्याद थप गरेर मुद्दा अघि बढाइने तनहुँ प्रहरीले जनाएको छ ।

Logo