श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान जेल चलान

श्रीमतीलाई जबर्जस्ती करणी गर्ने श्रीमान जेल चलान

केन्द्रबिन्दु
0
Shares

ताप्लेजुङ । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गरेको आरोपमा एक युवकलाई पुर्पक्षका लागि जेल चलान भएका छन् । ताप्लेजुङ सिरिजङ्घा गाउँपालिकाका २० वर्षीय युवकलाई जिल्ला अदालतको आदेशानुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

गएको असोज ८ गते जबर्जस्ती करणी गरेको भन्दै उनकी श्रीमतीले जाहेरी दिएकी थिइन् । जाहेरीपश्चात् गत पुस ४ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । पक्राउपश्चात् अनुसन्धान तथा कानूनी प्रक्रिया पूरा गरेपछि अदालतले थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले जानकारी दिए । रासस

Logo