चरेश व्यापार गर्ने मोडल कान्छीमाया पक्राउ

चरेश व्यापार गर्ने मोडल कान्छीमाया पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चरेश पार्सल गर्न लागेको अवस्थामा मोडल कान्छीमाया घले पक्राउ परेकी छन् । काठमाडौंको सुन्धारास्थित वैदेशिक हुलाक भन्सार कार्यालयबाट उनलाई लागु औषध नियन्त्रण ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

उनको साथबाट ब्यूरो टोलीले १४ किलोग्राम चरेश पनि बरामद गरेको छ । नुवाकोट चिसाङ–८ घर भएकी २९ वर्षीया घलेले बौद्ध धर्मावलम्बीहरुले प्रयोग गर्ने अगरबत्तीमा बेरेर हुलाकबाट चरेश पार्सल गर्न लागेकी थिईन् । कान्छीमायाले केही म्युजिक भिडियोमा अभिनय गरेको र व्यावसायिक रुपमा डान्स गर्दै आएको प्रहरीले जनाएको छ ।

बरामद भएको चरेश हङकङ पठाउन लागिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्यूरोका डीआईजी दिनेश अमात्यले जानकारी दिए । नेपालको विमानस्थल प्रयोग गरेर चरेश तेस्रो मूलुक पठाउन लागेको यो नयाँ शैलीको तस्करी भएको ब्यूरोले जनाएको छ ।

Logo