रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, एसपी भन्छन्, ‘छानविन जारी’

रुपन्देहीमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु, एसपी भन्छन्, ‘छानविन जारी’

केन्द्रबिन्दु
0
Shares

रुपन्देही । प्रहरीको गोली लागेर रुपन्देहीको शंकरपुरमा एक जनाको मृत्यु भएको छ । गएराति करिब १२ बजेतिर मोटरसाईकलमा आएका दुई जनाको समूहलाई प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथि नै गोली चलाएका थिए ।

जवाफी कारवाहीमा एक जनाको मृत्यु भएको रुपन्देही प्रहरी प्रमुख हृदय थापाले जानकारी दिए । मृतकको सनाखत हुन सकेको छैन् । उनको छातीमा गोली लागेको छ । हेर्दा उनी भारतीय नागरिक जस्तै देखिएपनि सनखत हुन नसकेको एसपी थापाको भनाई छ । अर्का व्यक्ति भने फरार छन् ।

सिद्धार्थनगर नगरपालिका–१०, शंकरपुरमा गस्तीमा खटिएको प्रहरीमाथि युपी ५३ एच २०२८ को नम्बर प्लेटको भारतीय मोटरसाइकलमा सवार तस्करको समूहले गोली हानेको थियो । गोली लागेर एक जना प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन् । श्रेष्ठको बायाँ पाखुरामा गोली लागेको छ । उनको अबस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

मारिनेमा करीब ३०र३५ वर्षका पुरुष छन् । प्रहरीको गोली लागेर घाइते भएका उनको अस्पतालमा उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक थापाको भनाई छ । उनको शव पोष्टमार्टमका लागि भीम अस्पताल रुपन्देहीमा राखिएको छ ।

सादा पोशाकका प्रहरीले रोक्न खोज्दा उनीहरुले प्रहरीमाथी नै गोली चलाएका थिए । उनीहरु तस्कर हुन वा कुनै अपराधीक समूहका सदस्य हुन् भन्ने विषयमा छानविन भईरहेको एसपी थापाको भनाई छ ।

Logo