विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु, बालिका घाइते

विराटनगरमा अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु, बालिका घाइते

केन्द्रबिन्दु
0
Shares

विराटनगर । अज्ञात वस्तु विस्फोट हुँदा एक बालकको मृत्यु भएको छ । विराटनगर महानगरपालिका १५ रामजानकी टोलमा शुक्रबार दिउँसो अज्ञात वस्तु विस्फोट हुँदा सुवास मण्डलको छोरा अमित मण्डलको मृत्यु भएको हो ।

विस्फोटमा परी स्थानीय राजेश मण्डलकी आठ वर्षीया छोरी राधिका कुमारी घाइते छन् । अमितको गोल्डेन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । घाइते बालिकाको विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा उपचार भइरहेको छ ।

खेल्ने क्रममा सिलिन्डर पड्किएर बालकको मृत्यु भएको स्थानीयको भनाई छ । प्रहरीले भने विस्फोट स्थलमा सिलिन्डर पड्किएको केही प्रमाण फेला नपरेको जनाएको छ । विस्फोटबारे थप अनुसन्धान भईरहेको छ । विस्फोटपछि घटनास्थल क्षेत्रमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको छ ।

Logo