महेन्द्रनगर नगर विकास समिति विघटन

महेन्द्रनगर नगर विकास समिति विघटन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकार महेन्द्रनगर नगर विकास समिति विघटन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले महेन्द्रनगर नगर विकास समिति विघटन गर्ने निर्यय गरेको सरकारका प्रवक्ता सुचना तथा संचार मन्त्री गोकुल प्रसाद बास्कोटाले जानकारी दिए ।

महेन्द्रनगर नगर विकास समितिको लिज घोटाला प्रकरणबारे स्थानीय राजनीति दलले आन्दोलन गर्दै आएका छन् । अवैध लिजका नाममा कब्जा गरिएको जग्गामा अवैध संरचना निर्माण हुन थालेपछि स्थानीय राजनीति दलका भातृ संगठनहरुले भत्काउन थालेका थिए । जिल्ला प्रशासन कार्यालयले समेत अवैध संरचना तत्काल भत्काउन आदेश दिएको थियो ।

महेन्द्रगर बजारलाई नै कुरुप बनाउने गरी लिजका नाममा अवैध काम गर्ने र अवैध रुपमा निर्माण भईरहेका सरचनालाई तत्काल हटाउन अवैध संरचनालाई रातो घेरा लगाउने काम समेत भएको थियो ।

मन्त्री बास्कोटाले गत सोमबार भएका मन्त्रिपरिषद्का निर्णयहरु बिहीबार सार्वजनिक गर्दै महेन्द्रनगर नगर विकास समिति विघटन गरिएको जानकारी दिएका हुन् ।

Logo