महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन नगरिने

महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन नगरिने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले वाइडबडी विमान खरिद प्रकरणमा मुछिएका नेपाल वायुसेवा नियमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन नगर्ने भएको छ ।

उपसमितिको सुझावको आधारमा संसदको सार्वजनिक लेखा समितिले कंसाकारसँगै पर्यटन सचिव कृष्ण देवकोटालाई निलम्बन गर्न निर्देशन दिएको थियो । तर, यसबारे न्यायिक आयोग गठन गरिएकाले तत्काल कुनै निर्णय नलिईने सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

सरकारले उक्त विषयको जाँचबुझ गर्न पूर्वन्यायाधीश गोविन्द पराजुलीको संयोजकत्वमा छानविन आयोग गठन गरेको थियो । समिति र उपसमितिबाट आएका कुराहरु फरक परेकाले सरकारले शक्तिशाली आयोग गठन गरेको प्रवक्ता बास्कोटाले जानकारी दिए । आयोगको निष्कर्ष आएपछि यो विषयले अन्तिम किनारा पाउने उनको भनाई छ ।

सार्वजनिक लेखा समितिले नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, संस्कृति तथा पर्यटन मन्त्रालयका वहालवाला सचिव कृष्णप्रसाद देवकोटा र तत्कालीन सचिव शंकरप्रसाद अधिकारीलाई मुख्य दोषी करार गरेको थियो । उनीहरुलाई कारवाहीका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको थियो ।

समितिको निर्णयमा बहालवाला मन्त्री र पूर्व मन्त्रीहरूलाई नैतिक जिम्मेवारी मात्रै लिन भनिएकाले उनीहरूप्रति लेखासमिति केही लचक देखिएको थियो ।

Logo