लोकबहादुर भण्डारीको संयोजकत्वमा स्काउटको तदर्थ समिति गठन (भिडियो)

लोकबहादुर भण्डारीको संयोजकत्वमा स्काउटको तदर्थ समिति गठन (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारले लोकबहादुर भण्डारीको संयोजकत्वमा नेपाल स्काउटको तदर्थ समिति गठन गरेको छ । भण्डारीको संयोजकत्वमा पाँच सदस्यीय राष्ट्रिय तदर्थ समितिको गठन गरिएको हो ।

समितिका सदस्यहरूमा शिवबहादुर भण्डारी (कास्की), बिजेन्द्र ध्वजु (भक्तपुर), इन्द्रभूषण अधिकारी (सर्लाही) र सीमा कर्ण (धनुषा) रहेका छन् ।

युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले पुस २२ गते भण्डारीलाई शपथ ग्रहण गराएका थिए । समितिका सदस्यहरूले संयोजक भण्डारीसँग सपथ लिएका थिए । स्काउट ६ महिनादेखि नेतृत्वविहीन थियो । तदर्थ समितिलाई ६ महिनाभित्र ऐन संशोधन गरी निर्वाचन गराउने जिम्मेवारी दिइएको छ ।

स्काउटको ऐन संशोधन नभएका कारण लामो समयदेखि निर्वाचन हुन सकेको छैन। त्यस्तै तदर्थ समितिले सात सदस्यीय सल्लाहकार समिति समेत गठन गरेको छ । सल्लाहकार समितिमा पूर्वप्रमुख आयुक्त तथा पदाधिकारीहरू छन् ।

सल्लाहकार समितिमा गोविन्दनारायण ज्यापु, रामवदन जोशी, श्रीराम लामिछाने, ध्रुवप्रसाद शर्मा, रविन दाहाल, पुष्पलता भट्टराइ र चन्दन कौशिक रहेका छन् ।

Logo