बझाङका युवाहरुले मनासाई मन्दिरको मुलगेट निर्माण गरे

बझाङका युवाहरुले मनासाई मन्दिरको मुलगेट निर्माण गरे

केन्द्रबिन्दु
0
Shares

बझाङ । बित्थडका युवाहरुले आफ्नै पहलमा मनासाई मन्दिरको मुलगेट निर्माण गरेका छन् । बित्थड चिर गाउँपालिकाका युवाहरुले बित्थड चिर गाउँपालिका ३ मा रहेको मनासाई मन्दिरको मुलगेट निर्माण गरेका हुन् ।

उनीहरुले १३ लाख रुपैयाँ संकलन गरेर मुलगेट निर्माण गरेका हुन् । बैतडीको सुनार्य गाउँपालिका ८ सेलाबासीका युवाहरु, बझाङ बित्थड चिर गाउँपालिका ३ का युवाहरु, बित्थड चिर गाउँपालिका र वडा कार्यालयबाट आर्थिक सहयोग प्रदान भएको थियो ।

उक्त मन्दिरको मुलगेट जयपृथ्बी राजमार्गबाट करिब ५ सय मिटर टाढा पर्छ । पर्यटक गन्तब्यको लागि निकै आकर्षित रहेको मनासाई मन्दिरको तल पानीको मुहान छ ।

उक्त ठाउँको व्यवस्थापनको लागि मनकामना एकता समाज गठन गरिएको छ । यस समुहमा बैतडी सुर्नाय गाउँपालिका ८ र बझाङको बित्थड चिर गाउँपालिकाका युवाहरु समेटिएका छन् ।

यसक्षेत्रलाई पर्यटकको मुख्य गन्तव्य बनाउने उद्देश्यले उक्त समूह गठन गरिएको हो । मन्दिर ब्यबस्थापनको लागि आर्थिक संकलनको काम जारी रहेको छ ।

Logo