बाजुरामा आगलागीमा परेर आमा र २ छोरासहित ३ जनाको मृत्यु

बाजुरामा आगलागीमा परेर आमा र २ छोरासहित ३ जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

बाजुरा । आगलागीमा परेर एकै परिवारका ३ जनाको मृत्यु भएको छ । बुढीनन्दा नगरपालिका ९ को अंगाउपानी स्थित भुगेचौरमा आगलागीमा परेर ३५ वर्षकी अम्वा बोहोरा र उनका १२ वर्षका छोरा सुरेस र ९ वर्षका रमित बोहराको मृत्यु भएको हो ।

छाउगोठमा आगलागी हुँदा उनीहरु तिनै जनाको मृत्यु भएको स्थानीयले जनाएका छन् । तर प्रहरीले भने छाउँ गोठ नभएर घरमै ताप्नको लागि बालिएको आगोबाट राति घरमा आगलागी भएको जनाएको छ ।

स्थानीयका अनुसार महिनावारी भएर छाउगोठमा सुती रहेको अवस्थामा आज विहान आगलागीबाट उनीहरु मृत अवस्थामा फेला परेका हुन् ।

महिनावारी भएर घर नजिकैको छाउपडि गोठमा बसेकी बोहोराले जाडो भएपछि राति आगो बालेको हुन सक्ने र आगो ननिभाईकनै सुत्दा सोहि आगो सल्कीएर आमा छोराको मृत्यु भएको हुन सक्ने स्थानीयको अनुमान छ ।

जिल्ला प्रहरी कार्यालय बाजुरबाट डिएसपी उद्धव सिंह भाटको कमाण्डमा एउटा टोली घटनास्थलमा रहेको छ । आगलागीको थप कारण खुल्न नसकेको डिएसपी भाटले जानकारी दिए ।

Logo