किसानहरुद्धारा भारतीय तरकारी नष्ट

किसानहरुद्धारा भारतीय तरकारी नष्ट

केन्द्रबिन्दु
0
Shares

चितवन । किसानहरुले बजारमै पुगेर भारतीय तरकारी नष्ट गरेका छन् । भरतपुर महानगरपालिकाको क्षेत्रपुरस्थित महानगर फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको भारतीय टमाटर किसानले नष्ट गरिदिएका हुन् ।

चितवनकै ठूलो र व्यवस्थित तरकारी बजारका रुपमा रहेको महानगर फलफूल तथा तरकारी बजारमा किसानको समूहले टमाटर नष्ट गरेको हो । तीन वटा पसलमा बिक्रीका लागि राखिएका टमाटर किसानले नष्ट गरिदिँदा करिब दुई लाख रुपैयाँ बराबरको क्षति भएको व्यवसायीहरुले बताएका छन् ।

किसानहरुले आइन्दा भारतीय टमाटर बिक्री नगर्न चेतावनी दिएको समेत दिएका छन् । किसानहरुको समूहले व्यवसायीले बिक्रीका लागि राखेको टमाटर नष्ट गरिदिएपछि उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

नेपाली टमाटरको मात्रै भर पर्दा बजारको माग धान्न नसकेर उपभोक्ताले चर्को मूल्य तिर्नुपर्ने अवस्था आएकाले केही मात्रामा भारतीय टमाटर मगाएर बिक्री गरिएको महानगर फलफूल तथा तरकारी बजारका अध्यक्ष थीरप्रसाद धितालले जानकारी दिए । यसरी गुण्डागर्दी शैलीमा आएर तरकारी फाल्नु भनेको खुल्ला प्रतिस्पर्धी बजार निति विपरित हुने उनीहरुको तर्क छ ।

Logo