मलासका वासिन्दाले भीमदत्तका मेयरलाई ज्ञापन पत्र बुझाए

मलासका वासिन्दाले भीमदत्तका मेयरलाई ज्ञापन पत्र बुझाए

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । डडेल्धुराको परशुराम नगरपालिका–७ मलासका वासिन्दाले गाउँ सडक पुगाउन सहयोगका लागि भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टलाई ज्ञापन बुझाएका छन् ।

मलासका युवा पदम बोहराको नेतृत्वमा स्थानीयले मटेनादेखि ताराकोटसम्म निर्माण भर्इ रहेको सडकलाई गैरीखान झिलमिला सडकसित जोड्न सहयोग मागेका छन् ।

नेपाल पत्रकार महासंघ डडेल्धुराका सचिव बोहराले सडक निर्माणले आवतजावत, कृषि प्रवद्र्धन हुने भएकाले सडक निर्माणका लागि सहयोग गर्न माग गरिएको बताए । ‘यो सडक निर्माणले धेरै फाइदा हुन्छ, त्यस कारण निर्माण क्रममा आउने वाधा अवरोध पन्छाउन नगर प्रमुखसित सहयोगको माग गरिएको छ’ उनले भने ।

धार्मिक, पर्यटकिय गन्तव्य चुनेपानीदेखि गैरीखान, मलास हुँदैं झिलमिला ताराकोट खान जोडेर चक्रपथ बनाउने योजनाका साथ कार्य अघि सारिएको छ ।

नगर प्रमुख विष्टले दुबै स्थानीय तहलाई जोड्न सडक आवश्यक भएकाले आफूले सक्दो सहयोग गर्ने बताए । भीमदत्त र परशुराम नगरपालिकाबीच आपसी सहकार्यका लागि समभदारी यस अघि नै भई सकेको छ ।

Logo