आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई ६ महिना कैद  

आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई ६ महिना कैद  

केन्द्रबिन्दु
0
Shares

भोजपुर । आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने युवकलाई ६ महिना कैदको फैसला सुनाईएको छ । जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महिना कैद र ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो।

न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ।

तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।

 

Logo