रवि लामिछानेले भने, ‘अबदेखि व्यक्तिगत विषयमा कहिल्यै बोल्दिनँ’ (भिडियोमा)

रवि लामिछानेले भने, ‘अबदेखि व्यक्तिगत विषयमा कहिल्यै बोल्दिनँ’ (भिडियोमा)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित सञ्चारकर्मी रवि लामिछानेले अबदेखि व्यक्तिगत विषयमा कहिल्यै नबोल्ने बताएका छन् । आफ्नो पुरानो पोष्ट हटाउँदैं अबदेखि ब्यक्तिगत विषयमा कहिल्यै नबोल्ने बताएका हुन् ।

आफूले कुनै अनैतिक वा गैरकानुनी काम गरेको भए कडाभन्दा कडा सजाय दिइयोस् भन्दै रविले आफूले पुरानो गल्ती स्वीकारेको बताएका छन् ।

सोमबार फेसबुकमा स्टाटस पोस्ट गर्दै रवि लेख्छन्, ‘मनगढन्ते बेनामी र शंकाका आधारमा खडा भएका पात्रहरुको खोजी म गर्दिनँ । म कुनै पुरानो सम्बन्धहरुमा अल्झिएको छैन न कसैलाई अल्झाएको छु । यतिबेला म कानुनी रुपमा सम्बन्ध विच्छेद भैसकेको जिम्मेवार एकल पुरुष हूँ ।’

Logo