दुई वर्षदेखि यातना र धम्की दिँदैं १२ वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

दुई वर्षदेखि यातना र धम्की दिँदैं १२ वर्षीया छोरीलाई बलात्कार गर्ने पक्राउ

केन्द्रबिन्दु
0
Shares

स्याङ्जा । यातना दिँदैं दुई वर्षदेखि छोरीलाई बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । यातना र धम्की दिएर आफ्नै छोरीलाई दुई वर्षदेखि बलात्कार गर्ने बाबुलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

१२ वर्षीया छोरीलाई विभिन्न किसिमका यातना दिँदै विगत दुई वर्षदेखि बलात्कार गर्दै आएका ती पुरुषलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाईएको प्रहरीले जनाएको छ ।

बलात्कारसँगै हाड नाता करणीमा पनि मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले जानकारी दिए । कसैलाई केही नभन्नु भन्दै बारम्बार धम्की दिएर बलात्कार गर्ने गरेको पीडित बालिकाले प्रहरी समक्ष बयान दिएकी छन् ।

पछिल्लो पटक यही पुस १४ गते राति १ बजे पनि बलात्कार गरेको एसपी लम्सालले भने । उनले भने, ‘१२ वर्षीया बालिका लगातार दुई वर्षसम्म बलात्कारको सिकार भइन्। यही १४ गते राती १ बजे पनि बलात्कार गरेछ । बालिकालाई पिडा भएपछि आफन्तलाई बताइदिन्छु भन्दा १५ गते दिउँसो तातो कुँडो खन्याई ज्यान मार्ने धम्की दिइएको रहेछ ।’

Logo