कञ्चनपुरमा फेरि एक युवकको शव फेला, हत्या गरिएको आशंका

कञ्चनपुरमा फेरि एक युवकको शव फेला, हत्या गरिएको आशंका

केन्द्रबिन्दु
0
Shares

कञ्चनपुर । एक युवकको शव फेला परेको छ । भाषी नहरमा डडेल्धुराको परशुराम नगरपालिका ७ सादनीका अन्दाजी १९ वर्षका मानबहादुर विष्टको शव फेला परेको हो ।

नहरमा डुबेको अवस्थामा फेला परेको शवलाई पानी वाहिर निकालिएको प्रहरीले जनाएको छ । कसैले हत्या गरेको वा के कारणले मरेको भन्ने एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

सादनी घर भएका विष्ट रोजगारीको लागि महेन्द्रनगरमा बस्दैं आएका थिए । उनी स्काभेटर चलाउँथे । यसविषयमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख एसपी कुवेर कडायतले जानकारी दिए ।

Logo