रबि पूर्वपत्नी भन्छिन्, ‘श्रीमान १० केटी खेलाउँदा कुन चाँही महिला डिप्रेशनमा पर्दिनन् ?

रबि पूर्वपत्नी भन्छिन्, ‘श्रीमान १० केटी खेलाउँदा कुन चाँही महिला डिप्रेशनमा पर्दिनन् ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । चर्चित सञ्चारकर्मी रबि लामिछानेकी पूर्व पत्नी इशा श्रेष्ठले आफ्नो प्रतिक्रिया दिएकी छन् । रबिसँग डिभोर्स गरेर अमेरिका गएकी इशाले आफ्नो मात्र नभई दुवैको गल्तीले सम्बन्धमा दरार आएको बताएकी छन् । रबिले आफुमाथि लगाएको सबै आरोपको कारण नै उ भएको दाबी गर्दै उनले भनिन्, ‘रबि जी कै कारण म समस्यामा परेकी हुँ ।’

रबिले लगाएको डिप्रेशनको आरोप सहि भएको बताउँदैं डिप्रेशन कसको कारणले भएको हो त्यो बुझ्नु जरुरी रहेको बताईन् । रविजीले अन्तरवार्तामा मलाई ‘डिप्रेसनको रोगी’ बताउनुभएको छ । सत्य हो, मैले लामो समय डिप्रेसनको औषधी खानुपर्‍यो । तर, म के कारणले डिप्रेसनमा परेँ त ? उहाँकै कारणले होइन ? आफ्नो श्रीमानले बाहिर १० जनासित सम्वन्ध राखेर अवैध सन्तानसमेत जन्माउँदा कुन श्रीमती डिप्रेसनमा पर्दिन होला ? धन्न मैले छोरीहरुको मुख हेरेर आत्महत्या गरिनँ ।’

प्रेम विवाह भएपनि आफुले कहिल्यै रबिबाट प्रेम नपाएको उनको प्रतिक्रिया छ । हाम्रो प्रेम विवाह हो । तर, विवाहपछि मैले उहाँबाट आफूले चाहेकोरकल्पेको प्रेमको अनुभूति गर्न सकिनँ । वैवाहिक सम्वन्धको महत्व श्रीमानभन्दा श्रीमतीलाई बेसी हुन्छ ।

बैवाहिक सम्बनध तोडिएपछि पुरुषलाई भन्दा महिलालाई बढी समस्या पर्ने भन्दै रबिको भन्दा आफ्नो घरपरिवार विग्रिएको जिकिर गरिन् ।

उनले भनिन्, ‘वैवाहिक सम्वन्ध तोडिँदा पुरुषले त सजिलै अर्को घर बसाउन सक्ला, तर महिलाले अनेक लान्छना खेप्नुपर्छ । उसलाई समाजले राम्रो दृष्टिकोणले हेर्दैन । छोराछोरीहरुलाई त्यसको असर पर्छ । त्यसैले रविजीबाट वर्षौंंसम्म तिरस्कार झेलेर पनि म हाम्रो सम्वन्धको संरक्षणमा नै दत्तचित्त रहेँ ।’

२०५१ साल मंसिरमा विवाह गरेका रबि र इशाले केही दिन अघि मात्रै सम्बन्ध विच्छेद गरेका थिए । आईतबार रबिले सामाजिक सञ्जालमा स्पष्टिकरण दिँदैं इशाले आफुलाई धेरै टर्चर दिएको बताएका थिए । त्यसको जवाफमा इशाले आफुले कसैलाई केही पनि दबाब नदिएको बताएकी छन् ।

रबिले आफ्नो विगतबारे गल्ती भएको महसुस गर्दै नयाँ जीवन देश र जनताकै हितमा लैजान प्रतिबद्धता जनाएका छन् ।

थप समाचारः

रबि लामिछाने एकाएक भाइरल, कसले के भने ? ( भिडियो सहित )

“मान्छे दुनियासँग लड्न सक्छ तर आफन्तसँग सक्दैन”- रबि लामिछाने (भिडियो रिपोर्ट)

रबि लामिछानेका बारेमा निर्मल शर्मासँगको कुराकानी ( भिडियो सहित )

रबि लामिछानेलाई विवादमा तान्न खोज्दा शुभचिन्तकको आक्रोश (भिडियोमा)

पत्नीकाण्डमा मुछिए रबि लामिछाने, २५ वर्षे बैवाहिक सम्बन्धलाई पूर्णविराम

 

Logo