महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने वैद्य माओवादीका नेता पक्राउ

महाप्रबन्धक कंसाकारलाई कालोमोसो दल्ने वैद्य माओवादीका नेता पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कालोमोसो दलेको आरोपमा मोहन वैद्य नेतृत्वको माओवादीका एक नेता पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाले चन्द्रागिरी नगरपालिका–४ बस्ने ३७ वर्षीय सुरेश तामाङलाई पक्राउ गरेको हो । उनी थानकोट पानीधाराबाट पक्राउ परेका हुन् ।

तामाङ वैद्य नेतृत्वको माओवादी निकट क्रान्तिकारी युवा लिगका केन्द्रीय सचिवालय सदस्य हुन् । वाइडबडी खरिदमा भ्रष्टाचार गरेर राज्यलाई हानी पुर्याएको भन्दै शुक्रबार वैद्य माओवादीका कार्यकर्ताले कार्यकक्षमै कंसाकारमाथि कालोमोसो दलेका थिए ।

कालोमोसो दल्ने कार्यमा संलग्न रहेको आरोपमा तामाङलाई पक्राउ गरिएको र अन्यको खोजी कार्य जारी रहेको महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जानकारी दिए ।

महाप्रबन्धक सुगतरत्न कंशाकारमाथि कालोमोसो दलियो

 

Logo