चिनाको कमजोर ग्रह हुनेलाई कस्तो खाने कुरा मन पर्छ ?

चिनाको कमजोर ग्रह हुनेलाई कस्तो खाने कुरा मन पर्छ ?

केन्द्रबिन्दु
0
Shares

धेरैजसो मानिसहरुलाई ज्योतिषीको बारेमा उचित जानकारी हुँदैन् । आफ्नो चिना हेर्न जान्दैनन् । त्यसकारण उनीहरुलाई थाहा हुन सक्दैन् आफ्नो कुन ग्रह कमजोर छ ।

तर आफ्नो सानो सानो बानीलाई ध्यान दिएमा सहजै थाहा पाउन सकिन्छ हाम्रो चिनामा कुन ग्रह कमजोर छ । यसको लागि हामीलाई मनपर्ने खानेकुराबाट जान्न सकिन्छ । जस्तैः

–जसको चिनामा सुर्य कमजोर छ, यस्तो मानिसहरु नुनिलो खानेकुराको सोखिन हुन्छन् । उनीहरुलाई चर्को नुन खान मनपर्छ ।

–चन्द्रमा र शुक्र दुवैको रंग सेतो हुन्छ । जसको जन्मपत्रमा चन्द्र वा शुक्र कमजोर हुन्छ । उनीहरु दुध, दही, चामल एंव आइसक्रिमको सौखिन हुन्छन् ।

–मंगल कमजोर भएको व्यक्तिलाई मुसुरोको दाल, मह एंव रातो खुर्सानी मनपर्छ । उनीहरुलाई गुलियो पनि धेरै मनपर्छ ।

–जसको बुध कमजोर हुन्छ । उनीहरुलाई मुंगको दाल, साग र मटरमा विशेष रुची हुन्छ ।

–जुन मानिसको गुरु कमजोर हुन्छ उसलाई पँहेलो कुरा धेरै मनपर्छ । यस्तो व्यक्तिलाई चनाको दाल, सोनपापडी, बेसनको लड्डु एंव स्वस्थ खाना मनपर्छ ।

–कालो दाल, तिल, खिचडी, सर्सोको तेल आदि शनिको कारक मानिन्छ । कमजोर शनि भएको मानिसहरुलाई यि खानेकुरा मनपर्छ । उनीहरुलाई चिल्लो खाना असाध्यै मनपर्छ । शनिको दशा भएको बेला चिल्लो खानाको अधिक मात्रामा सेवन गरेमा शनिको कुप्रभाव दुर हुन्छ ।

Logo