झापामा बोलेरो जीपको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

झापामा बोलेरो जीपको ठक्करबाट २ जनाको घटनास्थलमै मृत्यु

केन्द्रबिन्दु
0
Shares

झापा । मोटरसाईकल र बोलेरो जीप एकाआपसमा ठोक्किदा २ जनाको ज्यान गएको छ । झापाको शिवसताक्षीस्थित माइधार नजिकै पूर्वपश्चिम राजमार्गमा बोलेरो जीप र मोटरसाईकल एक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा परी ताप्लेजुङको फुङ्गलिङ्ग नगरपालिका १० का २५ बर्षिय सविन लिम्बु र २१ बर्षिय सन्जुहाग लिम्वुको ज्यान गएको प्रहरीले जनाएको छ ।

पूर्वबाट पश्चिम आउँदैं गरेको बा३च ३१३८ नम्बरको बोलेरो जीपले विपरित दिशातर्फ गईरहेको भे४प ३२ नम्बरको मोटरसाइकललाइ ठक्कर दिँदा मोटरसाईकलमा सवार दुवै जनाको घटनास्थलमै ज्यान गएको हो ।

Logo