महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवानलाई साढे ३ वर्ष कैद

महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवानलाई साढे ३ वर्ष कैद

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु । एक महिला प्रहरीलाई बलात्कार प्रयास गर्ने प्रहरी जवान जेल चलान भएका छन् । तीन महिनाअघि महिला प्रहरीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयका प्रहरी जवान भरत वली जेल चलान भएका हुन् ।

जिल्ला अदालतले प्रहरी जवान वलीलाई साढे ३ वर्ष कैद र १० हजार रुपैयाँ क्षतिपूर्ति भराई पीडित महिला प्रहरीलाई दिन आदेश दिएको थियो । अदालतको आदेशपछि प्रहरी जवान वलीलाई जेल चलान गरिएको प्रहरी नायव उपरीक्षक रवि रावलले जानकारी दिए ।

गएको असोज २० गते राति सवा १० बजे प्रहरी कार्यालय कपिलवस्तुमा कार्यरत प्रहरी जवान हाल बासगढी नगरपालिका–८, बर्दियाका (साविक दउडाकल गाविस–५) का २२ वर्षीय भरत वलीले महिला प्रहरीलाई जबर्जस्ती करणीको प्रयास गरेका थिए ।

तौलिहवा बसबार्क क्षेत्रमा डेरामा बस्दै आएकी ३१ वर्षीया महिला प्रहरी अफिसपछि आफ्नो कोठाको नलमा पानी चलाएर कोठामा जाने क्रममा वलीले ती महिला प्रहरीलाई समातेर जबजस्ती कोठामा लगी करणी गर्न खोजेपछि महिला प्रहरीले प्रतिकार गरेकी थिइन् ।

घटनालगत्तै पीडक प्रहरी जवान वलीलाई निलम्बन गरी आन्तरिक अनुसन्धानपछि जबर्जस्ती करणी मुद्धा दर्ता गरी प्रक्रियाअघि बढाइएको थियो ।

Logo