हत्या अभियुक्त सत्र वर्षपछि पक्राउ

हत्या अभियुक्त सत्र वर्षपछि पक्राउ

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अपराधी कहीँ गए पनि लुक्न सक्दैनन् भन्ने उदाहरण पेश गर्दै नेपाल प्रहरीले हत्या गरी फरार रहेका एक अभियुक्तलाई १७ वर्षपछि पक्राउ गर्न सफल भएको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काभ्रे जिल्ला साविक खनालथोक गाविस–३ का ‘जीतेन्द्र’ भनिने ज्ञानेन्द्र श्रेष्ठलाई काठमाडौँको सुन्धाराबाट पक्राउ गरी कानूनी दायरामा ल्याएको आज जानकारी दिएको छ ।

श्रेष्ठले वि.सं. ०५८ साउन ४ गते काठमाडौँ महानगरपालिका–३५ नाकारी टोलका विष्णु घिमिरेलाई धारिलो हतियार प्रहार गरी हत्या गरेर फरार हुँदै आएका थिए । उनले व्यक्तिगत रिसिइबीका कारण हत्या गरेकोसमेत प्रहरी अनुसन्धानमा खुलेको छ ।

आफ्नो वास्तविक परिचयसमेत लुकाइ नाम परिवर्तन गरी उनी फरार हुँदै आएकामा प्रहरीको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो । दुईदिन अघि पक्राउ परेका उनको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
रासस

Logo